काठमाडौं । गत फागुन २ गते विवाह बन्धमा बाँधिएको अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला हनिमुनका लागि फ्रान्स पुगेका छन् ।
वर्षा र कोइराला गत शुक्रबार हनिमुनका लागि नेपालबाट निस्केका थिए । उनीहरु परिसको आइफिल टावरको अगाडि खिचेका केही तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । उक्त फोटोमा उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।
विवाह भएको लामो समयदेखि वर्षा र संजोग अभिनयमा व्यस्त थिए । त्यसबाट केही समय निकालेर अहिले उनीहरु हनिमुनमा छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।