काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनले नयाँ फिल्म निर्माणको घोषणासँगै रिलिज डेट पनि सार्वजनिक गर्नुभएको छ । निर्माता सेनले सोसल मिडिया फेसबुकमा ‘प्रेम–गीत’को तेस्रो सिरिज ‘प्रेमगीत–३’ निर्माणको घोषणा गर्नुभएको हो । यो फिल्मलाई यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माता सेनले जानकारी गराउनुभएको छ ।
उहाँले ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेमगीत–२’ र ‘मेरी मामु’ पछि पाँचौं प्रोजेक्टको रुपमा ‘प्रेमगीत–३’ निर्माणमा आफ्नो टिम जुटिरहेको जानकारी गराउनु भएको छ । यो फिल्मको लागि लोकेशनसहित मुख्य टिम फाइनल गरिसकेको निर्माता सेनले जानकारी गराउनुभएको छ ।
Santosh Sen
चाँडै पत्रकार सम्मेलन गरी यस फिल्मको बिस्तृत जानकारी गराइने बताउनुहुँदै निर्माता सेनले भन्नुभयो, ‘यो साता भित्र अडिशन मार्फत फिल्मको अभिनेत्रीलाई फाइनल गर्नेछौं ।’ निर्माता सेनका अनुसार यो फिल्ममा पनि अभिनेत्रीको रुपमा नयाँ अनुहार नै हुनेछन् । सन्तोष सेनका अनुसार ‘प्रेमगीत’ र ‘प्रेमगीत–२’ मार्फत चर्चामा आएका अभिनेता प्रदीप खड्कानै तेस्रो सिरिज ‘प्रेमगीत–३’ मा पनि दोहोरिने सम्भावना रहेको छ ।
उहाँले आसुसेन फिल्मसको ब्यानरम बनेका पहिलेका फिल्महरुको तुलनामा ‘प्रेमगीत–३’लाई अझ बढी मेहेनत गरेर दर्शकमाझ ल्याउने जानकारी गराउनुभएको छ । निर्माण पक्षले अहिले फष्टलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक फष्टलुक अनुसार फिल्म ‘पिरियड ड्रामा रहेको प्रष्ट हुन्छ ।
फिल्ममा ३/४ सय वर्ष पूरानो (हाम्रो बाजे/बराजुको पालाको) कथालाई प्रस्तुत गरिने निर्माता सेनले बताउनुभएको छ । यो फिल्मलाई निर्माता सेन र ‘डमरुको डण्डीबियो’फेम निर्देशक छेतेन गुरुङले निर्देशन गर्नुहुनेछ । यसै फिल्मबाट निर्माता सेनले निर्देशकिय यात्रा पनि सुरु गर्दैहुनुहुन्छ ।
त्यसोत, यसै फिल्मको दोस्रो सिरिज ‘प्रमगीत–२’मार्फत उहाँले अभिनयमा पनि हात हाल्नुभएको छ । ‘प्रेमगीत–३’को कथा निर्देशक छेतेन गुरुङकै रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।