एजेन्सी । अभिनेता इरफान खान अहिलेको समयमा राजस्थानको उदयपुरमा फिल्म ‘अंग्रेजी मिडियम’को सुटिङ गरिरहेका छन् । यो फिल्ममा अभिनेत्री करिना कपूर पनि मुख्य भूमिकामा देखिने छन् । यो फिल्ममा करिनाले प्रहरीको भूमिका निर्वाह गरिरहेकी छन् । यो भन्दा पहिलो करिनाले यस फिल्मको सुटिङ सुरु गर्नेछन् भन्ने समाचार आएको थियो । तर अहिले आएर करिनाले यस फिल्मको सुटिङलाई स्थगित गरेकी छन् ।
डेक्कान क्रोनिकलको एक खबर अनुसार फिल्म गुडन्युज र म्यागाजिनमा फोटोसुटमा ब्यस्त भएकी कारण आफ्नो छोरा तैमुरलाई समय दिन पाएकी थिइनन् । यसै कारण करिनाले फिल्मको सुटिङ पोष्टपोण्ड गरेकी हुन् । अब अभिनेत्री करिनाले जुनबाट यस फिल्मको सुटिङ सुरु गर्नेछन् ।
अहिलेको समयमा अभिनेत्री करिनाले आफ्नो छोरा तैमुरसँग समय बिताउन चाहन्छन् । प्लेग्रुप स्कुल गइरहेका तैमुरको मेबाट छुट्टि सुरु हुनेछ । यसै समयमा करिना ‘अंग्रेजी मिडियम’को सुटिङका लागि लण्डन जानेछन्, साथमा छोरा तैमुरलाई पनि लानेछन् ।
करिनाले आफ्नो छोरा तैमुरसँग पूरा समय बिताउँदै आएकी छन् । करिनाको पहिलो प्राथमिकता नै तैमुर हुन् । फिल्मको बारेमा भन्नुपर्दा पहिलो पटक करिना र इर्फान फिल्म ‘अंग्रेजी मिडियम’मा सँगै देखिदै छन् ।
फिल्ममा इर्फान मिष्टर चम्पकको भूमिकामा देखिदैछन्, जो घसीटाराम मिष्ठान भण्डारको मालिक हुनेछन् । फिल्ममा इर्फानको छोरीको भूमिकामा राधिका मदान हुनेछन् । अभिनेत्री करिना भने यस फिल्ममा प्रहरी अफिसरको भूमिकामा देखिदैछन् । फिल्मलाई होमी अदजानियाले निर्देशन गर्दैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।