काठमाडौं । दुई वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः हलहरुमा लागेको छ ।
हलिउड फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ सँग जुध्ने भएपछि ठूलो बजेटमा निर्माण भएको नेपाली फिल्म दाल ‘भात तरकारी’ले फिल्म रिलिज मिती सारेपछि यसै समय छाेपेर ‘छक्का पञ्जा २’ निर्माण टोलीले फिल्म हलहरुमा पूनः चलाउने निधो गरेको थियो । तर ‘छक्का पञ्जा २’ फिल्मले सिंगल थिएटरमा ठाउँ पाएपनि मल्टीप्लेक्समा एक सो पनि पाउन सकेन । कारण थियो हलिउड फिल्म ‘एभेन्जर्स’, जुन फिल्मको नेपाली दर्शकमा बेग्लै क्रेज देखिएको छ ।
ठूलो रकम खर्च गरेर प्रचारप्रसार तथा प्रोमो बजाइएको ‘छक्का पञ्जा २’ फिल्म गए शुक्रवारदेखि प्रदर्शनमा आएतापनि सोचे अनुरुप नभएपछि फिल्मका निर्माता दीपकराज गीरीले फिल्म असफल भएको स्विकार गरेका छन् ।
हलिउड फिल्मकाे मारमा परेर ‘छक्का पञ्जा २’ पूनः प्रदर्शन असफल भएपछि दीपकराजले आफ्नो फेसबुक पोष्टमा नयाँ प्रयास गरेको तर असफल भएको स्विकारोक्ती दिएका छन् ।यद्यपी
ग्लानी महशुस नभएको बताएका छन् । उनले राइट दाजुभाईको उदाहरण दिंदै प्रयोग गर्न छाडेका भए आज आकाशमा जहाज देख्न नसकिने र कोलम्बस त्यत्तीकै बसेका भए अमेरिका पत्ता नलाग्ने भन्दै प्रयोग असफल भएपनि दर्शक स्रोताको चाहनाको कदर गर्ने बताउँदै धन्यवाद दिएका छन् ।
उनले आफ्नो स्टाटसमा फिल्म पूनः रिलिज असफल भएपनि कालिकोटको रासकोट अस्पताललाई व्यक्तिगत रुपमा एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।