काठमाडौं/एजेन्सी । साओ पाउलो फेशन वीकको अन्तिम दिन (शनिबार) र्याम्प नाप्दै गरेका ब्राजिलका एक मोडल बसुर भई भुँईमा लड्न पुगे भने उनको त्यही मृत्यु हुनपुग्यो ।
संगठनले एक बयानमा भनेको छ, ‘एसपीएफडब्लुलाई तत्कालको लागि मोडल टेल्स सोएर्सको मृत्यु भएको समाचार प्राप्त भएको छ । उनी क्याटवाक गर्दागर्दै अचानक बेसुर भई भुँईमा लडेका थिए ।’ संगठनले मृत्युको कारण भने खुलाएको छैन ।
स्थानीय मिडियाको खबर अनुसार, रजवेबाट र्याम्प नाप्दै मोडिने क्रममा २६ वर्षीय मोडल लडेका थिए । साथै तत्कालै डाक्टरहरुले उनलाई चेकजाँच सुरु गरे, र अस्पताल लगियो तर, पु–याउने वितिकै अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।
यसरी मोडलको अचानक लडेर मृत्यु भएपछि उनका लाखौं फ्यानहरु शोकमग्न छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।