काठमाडौं । नायिका श्वेता खड्काको अचानक गर्दनमा समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । फिल्म शुटिङको लागि लण्डनमा रहेकी नायिका खड्कालाई केहि समयदेखि गर्दन चिउँडो वरिपरी दुखाई बढेपछि जचाउने क्रममा गर्दनमा ट्युमर भएको पत्ता लागेको थियो ।
चिकित्सकहरुले तुरुन्त अपरेशन गर्न सल्लाह दिएपछि उनी भारतको अस्पतालमा भरना भएकी थिइन् । श्वेताले आफ्नो फेसबुकमार्फत शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । उनले जिन्दगीले फेरी आफुसँग दोस्रो खेल खेलेको र आफुले एक नयाँ जिवन पाएको सामाजिक संजालमा लेखेकी छिन् ।
उनले केहि भाग शुटिङ गरेर छाडेको फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसक्ने समेत बताएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।