काठमाडौं । दीपक-दीपाको प्रस्तुतीमा नयाँ फिल्म ‘छ माया छपक्कै ‘बन्ने तय भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माणको आपचारिक घोषणा गरिएको छ ।
फिल्ममा दीपकराज गिरीको जोडीको रुपमा केकी अधिकारी फाइनल भएकी छिन् ।चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् ।
चलचित्रमा दीपक राज गिरी केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने तय भइसकेको छ भने बाँकी कलाकार पनि छिट्टै फाइनल हुने दीपकले बताए । उनले चलचित्र बारे थप बोल्दै भने स्कृप्ट पुर्ण रुपमा फाइनल नभएको र आफु र टिम पुर्ण रुपमा त्यसमा लागिपरिरहेको बताए ।
निर्माण पक्षले बताएअनुसार ‘छ माया छपक्कै’ ‘छक्कापञ्जा’को कुनै सिरिज होइन । फिल्म हिट भएमा दीपक दिपाले फिल्म नाफाकोे आधा अर्थात ५० प्रतिशत प्राप्त गर्नेछन् । जेष्ठको पहिलो साताबाट छायाँकनको तयारीमा रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्नेछन् ।केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको ‘छ माया छपक्कै’लाई विपिन मल्लले सम्पादन र हरि हुमागाँईले छायाँकन गर्ने छन् ।
यस अघि दिपक दिपाले हात हालेका चलचित्रले दर्शकको भरपुर साथ पाएको थियो अहिलेको समयमा झन निखारिएर आउने टिमले आशा गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।