एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा नेटफ्लिक्ससँग मिलेर फिल्म एवं विभिन्न शोकाे निमार्णा गर्ने भएकाछन् । यसका लागि उनीहरुले नेटफ्लिक्ससँग सम्झौता गरिसकेको बताएका छन् । मनोरञ्जनका साथै सामाजिक चेतना एवं शिक्षित बनाउँने प्रेरणाका लागि यस्तो थालेको उनीहरुले बताएका छन् ।
ओबामाले गत वर्ष हायर ग्राउण्ड कम्पनी खोलेका थिए । यसमा आधारित रहेर उनले सात ओटा प्रोजेक्टको घोषणा गरेका थिए । उनी प्रिया स्वामीनाथन र टोनिया डेभिससँग मिलेर फिल्म एवं सीरीज निर्माण गर्नेछन् ।
मिशेल ओबामाले आफुहरुलाई यो काम निकै मन परेको बताउँदै हाम्रो दैनिक जिबनका घटनाहरुलाई मध्यनजर गर्दै यो काम गर्ने बताएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।