काठमाडौं÷एजेन्सी । अभिनेत्री परिणीति चोपडाका अनुसार बलिउडमा सच्चा साथी पाउन मुस्किल छ । तर परिणीतिले अभिनेता अर्जुन कपूरलाई आफ्नो सच्चा साथीको रुपमा पाउँदा निकै खुसी छन् । वुटको ‘फिट अप विद द स्टार्स सिजन–२’को एक एपिसोडमा परिणीतिले अभिनेता अर्जुनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छन् ।
परिणीतिलाई जब अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको बारेमा सोधियो, तब उनले भनिन्, ‘बलिउडमा असल साथी पाउन निकै मुस्किल छ । अर्जुनसँग मेरो असल दोस्ती छ ।’ साथै अर्जुनसँगको आफ्नो अफ स्क्रिन केमेष्ट्रीको बारेमा परिणीतिले भनिन्, ‘मलाई आफ्नो तस्वीर लिन उनलाई भन्छु, मेरो फोनको ग्यालरीमा ५० भन्दा बढी सेल्फी छन् । ती सबै सेल्फीमा अर्जुन कपूर पनि छन् ।’
परिणीति र अर्जुनले फिल्म इश्कजादे’ र ‘नमस्ते इङ्ग्ल्याण्ड’मा सँगै काम गरिसकेका छन् । यो जोडी एक साथ सन्दीप और पिंकी फरार’मा पनि देखिदै छन् । यो फिल्मको पोष्टर धेरै पहिले रिलिज भइसकेको छ । तर रिलिज मिति भने तोकिएको छैन ।
अहिलेको समयमा अभिनेत्री परिणीति अमेरिकन फिल्म ‘द गर्ल अन द ट्रेन’को हिन्दी रिमेकमा काम गरिरहेकी छन् । साथै, उनी जबरिया जोडी र साइना नेहवाल की बायोपिकमा देखिदै छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।