काठमाडौं । वैशाख २० शुक्रबार देखि फिल्म ‘दाल भात तरकारी’ले हलमा सोलो प्रदर्शन गर्ने मौका पाएको छ । मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’ यो वर्षकै बहुप्रतिक्षित फिल्म हो ।
वैशाख १३ गते प्रर्दशन हुने भनिएको फिल्म हलिउडको ठूलो बजेटको फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भएपछि फिल्म असफल हुने डरले दालभात तरकारी रिलिज मिती पछाडी सारिएको थियो ।
यो फिल्मले बम्पर ओपनिङ्ग गर्ने फिल्मकर्मीको आशा रहेको छ । फिल्मको अग्रिम बुकिङ्ग बुधबार देखिनै खुल्ला गरिएको छ । फिल्मले मल्टिप्लेक्सका साथै एकल हलमा पनि राम्रो शो पाएको छ ।
मल्टिस्टारर फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, मदनकृष्ण श्रेष्ठ, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेल लगायत कलाकारको अभिनय रहेको छ । किरण केसीले निर्माण गरेको फिल्मलाई उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।
प्रायः जसो शुक्रवार दुई वा सो भन्दा बढी फिल्म रिलिज हुने गरेकोमा यस पटक भने नयाँ कुनै फिल्म रिलिज भएको छैन । यतिखेर पुरानै फिल्म ‘ए मेरो हजुर ३’ र दीपक दिपाको २ वर्ष अघि हलमा लागेको फिल्म ‘छक्का पञ्जा २’ हलहरुमा लागिरहेको छ । जसले गर्दा ‘दालभात तरकारी’लाई बिना प्रतिस्पर्धा बजार मिलेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।