एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो फिल्म ‘सुपर ३०’को रिलिज मिती सारेका छन् ।

यसअघि फिल्म ‘सुपर ३०’को रिलिज मितीमा कंगनाको फिल्म ‘मणिकर्णि’का जुधेपछि ऋतिकले फिल्मको रिलिज मिती २६ जुलाईका लागि सारेका थिए । तर पूनः ‘सुपर ३०’ रिलिज हुने समय २६ जुलाईकै दिन कंगनाको फिल्म ‘मेन्टल हे क्या’ रिलिज हुने भएपछि ऋतिक आजिद भएर रन्थनिएका छन् ।
उनले विकल्पमा आफ्नो फिल्म ‘सुपर ३०’ रिलिज मिती सार्ने निर्णय लिएका छन् । उनी चाहँदैनन् कि कंगनासँग आफ्नो फिल्म रिलिज होस् । किनकि कुनै समय प्रेम सम्वन्धमा रहेका ऋतिक र कंगनाबीच अहिले पानी बाराबारको स्थिति छ । विशेषगरी कंगना ऋतिकले धोका दिएको भन्दै ऋतिकको बिरुद्धमा छिन् । उनी ऋतिक बिरुद्ध यसरी उत्रिएकी छिन् कि ऋतिकको करियर तहसनहस होस् ।
ऋतिकले सायद यही थाहा पाएर हालै आफ्नो फिल्म अन्य कुनै उपयुक्त समयमा रिलिज गर्ने निर्णय लिएका छन् ।ऋतिकले हालै सामाजिक सन्जालमा एक पोष्ट शेयर गरे जसमा उनले लेखेका छन् – “मेरो फिल्म ‘सुपर ३०’ प्रदर्शनको लागि तयारी छ तर म अर्कोे फिल्मसँग जुधाएर मिडियामा तमासा बन्न चाहन्न । त्यसैले नाटक र मानसिक तनावबाट बच्न मैले फिल्म रिलिज मिती सार्ने निर्णय लिएको हुँ ।”
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।