एजेन्सी । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ आज शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । फिल्ममा अभिनेता टाइगर श्रफ, अनन्या पाण्डे, तारा सुतारिया मुख्य भूमिकामा छन् । यो फिल्मले के–कति दर्शकहरुको मन जित्न सफल बन्छ भन्ने कुरा बक्स अफिसको ब्यापारले भोलिका दिनमा देखाउछ नै ।

यो २०१२ मा रिलिज भएको आलिया भाट, बरुण धवण र सिद्धार्थ मल्होत्राको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को दोस्रो सिक्वेल हो । सिक्वेल फिल्मलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन्, भने धर्मा प्रोडक्शनको ब्यानरमा करण जोहरले निर्माण गरेका हुन् ।

यो फिल्ममा टाइगर (रोहन), तारा (मृदुला उर्फ मिया), आदित्य सील (मानव), र अनन्य (श्रेया) को भूमिकामा देखिएका छन् । फिल्ममा श्रेया र मानव दाजु बहिनी हुन्, उनीहरु कलेज सेन्ट टेरेसा स्ट्रिटको बच्चा हुनुका साथै निकै धनि पनि हुन्छन् ।
यो फिल्म पूर्णरुपमा रोहनमाथि आधारित छ । जो मध्यम परिवारका हुन्छन् । उनी साधारण कलेजबाट सेन्ट टेरेसा जस्ता हाईफाई कलेजमा स्पोर्टस् कोटामा भर्ना हुन सफल बनेका हुन्छन् । उक्त कलेजमा रोहन भर्ना हुनुको उदेश्यनै युवतिको माया पाउनु हुन्छ । जसलाई उनले सानो उमेरमै माया गर्दथे । उनको नाम हो मृदुला उर्फ मिया ।
साथमा रोहन चाहन्छन् कि मृदुलाले डान्सरको ट्रफी जित्ने सपना पूरा गर्न विदेश जाओस् । तर कलेजमा रोहनको टक्कर मानव र उनकी बहिनी श्रेयासँग हुन्छ । जहाँ उनीहरु रोहनको बाटोमा काँडा बनिदिन्छन् ।
बाँकी कथा थाहा पाउनका लागि फिल्म हल नै जानुपर्ने हुन्छ ।
निर्देशनको कुरा गर्नुपर्दा पुनित मल्होत्राले फिल्मको पार्ट १ को कथा जोड्नलाई कुनै पनि कसर बाँकी राखेका छैनन् । यो फिल्मको बलियो पक्ष भनेको फाइट र डान्स हो । यो फिल्मको सबै गीतहरु हिट भइसकेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।