काठमाडौं । केही महिना अघि मात्रै बजारको आएको लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी…’ धेरै दर्शक तथा श्रोतामाझ हिट भइसकेको छ । पार्टी, वनबोज तथा सार्वजनिक स्थलहरुमा यो गीत गुञ्जिरहेको छ । सोसल मिडिया युट्युवमा पनि समाचार सम्प्रेशन गर्दाको समयसम्ममा ४ करोड, ३१ लाख, १३ हजार भन्दा बढी पटक हेरिएको छ ।

नवराज पन्तको शब्द तथा बसन्त थापाको संगीतमा गीतलाई विष्णु माझी र कुलेन्द्र विश्वकर्माले स्वरबद्ध गरेका छन् । संगीत एरेञ्ज आशिष अविरलले गरेका हुन्, भने गीतको भिडियोमा मरिष्का पोखरेल, संगीतकार बसन्त थापा र गायक कुलेन्द्र विश्वकर्माले ठुम्का लगाएका छन् ।
यसै गीतसँग अन्तरंग कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले नियमित प्रस्तुति ‘६ प्रश्न’मा संगीतकार तथा मोडल बसन्त थापालाई आफ्नो स्टुडियोमा निम्त्याएको छ । कुराकानी गर्ने क्रममा संगीतकार थापाले ‘सालको पात टपरी हुनी…’ गीत सर्वाधिक चर्चामा आएको र चुनौती पनि दिएर गएको बताउनुभएको छ ।
दर्शकहरुले आफूलाई संगीतकार नै भनेर चिन्दा राम्रो हुने उहाँको भनाइ छ । हुन त उहाँ गायक पनि हुनुहुन्छ तर, आफूले संगीत भरेको गीतहरु सर्वाधिक हिट भएपछि आफूलाई संगीतकार नै भन्न रुचाउनुहुन्छ । गायनतर्फ आफ्नो परिचय बनाउन अझैं लाग्ने उहाँको तर्क छ ।
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।