काठमाडौं । गत शुक्रबार मात्रै दर्शकमाझ रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ इनटरनेटमा लिक हुन पुगेको छ । एक्शन अभिनेता टाइगर श्रफ, अनन्या पाण्डे, तारा सुतारिया स्टारर् ‘स्टुडेन्ट अफ द इयर–२’लाई पाइरेसीको चर्चित वेबसाइट तमिल रकर्सले लिक गरिदिएको हो । यस वेबसाइटले यो भन्दा पहिल्यै पनि ठूल्ठूला फिल्महरुलाई लिक गरिसकेको थियो । मानिसहरुले लगातार फिल्मलाई यस वेबसाइटबाट डाउनलोड गरिरहेका छन् ।

फिल्म रिलिज भएको केही घण्टामै तमिल रकर्सले करण जोहरको धर्मा प्रोडक्शनमा बनेको फिल्मलाई लिक गरिसकेको छ । पूरै फिल्म वेबसाइटमा उपलब्ध छ । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गरिरहेको छ, तर वेबसाइटमा लिक भइसकेपछि भने फिल्मको कमाईमा असर पर्ने देखिएको छ ।
सोसल मिडियामा यो फिल्मको खुब चर्चा चलिरहेको छ । करण जोहरले पूरै सात वर्षपछि आफ्नो ‘स्टुडेन्ट अफ द इयर’को फ्रेञ्चाइजी लिएका आएका छन् । यसै फिल्मबाट अनन्या पाण्डे र तारा सुतारियाले बलिउडमा डेब्यु गरेका छन् । जसको कारण पनि यो फिल्म चर्चामा रहँदै आएको छ । साथै यो फिल्ममा अभिनेता टाइगर श्रफले आफ्नो एक्शन हिरो इमेजलाई ब्रेक गर्ने कोशिस गरेका छन् ।
यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले ओपनिङ डे मा १२ करोड ६ लाखको ब्यापार गरेको थियो । त्यस्तै दोस्रो दिन १४ करोड २ लाखको ब्यापार गरेको थियो । यो फिल्मले दुई दिनमै २६ करोड आठ लाख भन्दा बढीको ब्यापार गरिसकेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।