काठमाडौँ । फिल्म ‘होस्टेल ब्याक अगेन’ बन्ने भएको छ । सुनिल रावलले निर्देशन गर्ने यो फिल्मलाई गोविन्द शाहीले निर्माण गर्ने छन् ।

याे फिल्मको सुटिङ अमेरिकामा हुने भएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ जस्ता सफल फिल्म निर्माण गरेको दुर्गेस फिल्मस् ले काफिया फिल्मस्को सहकार्यमा ‘होस्टेल ब्याक अगेन’निर्माण गर्ने भएको हो।
फिल्मको कथा रावल कै रहने फिल्मको छायाँकन आगामी अगस्टबाट सुरु हुने जनाइएको छ । कलाकारहरु अडिसनबाट छानिने खबर छ ।
निर्देशक रावल हाल अमेरिकामा छन् । फिल्ममा होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बनाएर होस्टल ब्याक अगेन निर्माण गरिने भएको बताइएको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।