काठमाडौं । आइतबार दिउँसो काठमाडौंको अनामनगरबाट म्यूजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको उनलाई पक्राउ गरेको हो ।

थापालाई लमजुङकी सरिता सिलवालले कपि राइट मुद्दामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले बताएका छन् । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।