एजेन्सी । ९ वर्ष पहिले सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरिन खानले आज आफ्नो ३२ औं जन्मदिन मनाईरहेकी छन् । जरिनले आफ्नो सुन्दरताको कारण बलिउडमा केही प्रोजेक्ट पाइन्, तर उद्योगमा धेरै दिन टिक्न सकिनन् ।

पछिल्लो समय जरीनको नाम तमिल र पञ्जावी फिल्ममा निकै लोकप्रिय छ । हरर् फिल्म ‘१९२१’मा पनि जरीन देखिएकी थिइन्, तर यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेन । सुरुमा जरिनको वजन धेरै थियो, जसको कारण उनी निकै ट्रोलको शिकार पनि बनेकी थिइन् ।
सानैदेखि स्वस्थ्य रहेकी जरीनको वजन कलेजको समयमा १०० किलो पुगेको थियो । उनले बलिउडमा काम गर्छु भनेर कहिल्यै पनि सोचेकी थिइनन् । तर मोडलिङमा आएपछि जरीनले आफ्नो वजन कम गरिन् र बलिउडमा डेब्यु पनि गरिन् ।
कल सेन्टरदेखि बलिउडसम्मः
१४ मे, १९८७ मा जन्मिएकी जरिन्ले सानैमा आफ्नो बुबा आमाबाट टाढा भइन् । किनभने जरीनको बुबाले दुई छोरीको जिम्मेवारी लिन अस्विकार गरेका थिए । त्यसपछि जरीनको पालन–पोषण उनको नानाको घरमा भयो । परिवारलाई सपोर्ट गर्नका लागि जरिनले कल सेन्टरमा काम गर्न सुरु गरिन् ।
मोडलिङको क्रममा उनी एक दिन अभिनेता सलमान खानको फिल्म ‘युवराज’को सेटमा थिइन् । सलमानलाई जरिन् प्रिन्सेस जस्तै लाग्यो, जसको कारण उनले आफ्नो फिल्म ‘वीर’ बाट बलिउडमा डेब्यु गराए ।
२०१० मा सलमानको ‘वीर’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी जरिनले साजित नाडियावालाको मल्टीस्टारर् फिल्म हाउसफुल–२ मा पनि काम गरिसकेकी छन् । पछिल्लो समय जरिन पञ्जावी र तमिल फिल्ममा सक्रिय छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।