एजेन्सी । साउथ सुपरस्टार महेश बाबुको २५ औं फिचर फिल्म ‘महर्षी’ले बक्स अफिसमा अर्धसतक पूरा गरेको छ । यो फिल्मले आन्ध्रा प्रदेश र तेलंगनामा मात्रै करीब ४९.१३ करोड रुपैयाको कमाई गरेको छ ।

‘महर्षी’मा महेश बाबुको यादगर पर्फमेन्सको माध्यमबाट एक बलियो सामाजिक सन्देश दिएको छ । महेशले इमोशन र ड्रामा मार्फत आफ्नो सबै वर्गका दर्शकहरुलाई आफूतिर आकर्षित गरेका छन् ।
प्रशंसकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट निकै खुसी भएको बताउँदै अभिनेता महेशले भने, ‘मेरो करियरको २५ औं फिल्म प्रशंसकहरुको साथमा मेरो पनि एक यादगर फिल्म साबित भएको छ । यो फिल्मले बक्स अफिसमा धमाका मच्चाईरहेको छ ।’
यो फिल्म ९ मे बाट दर्शकमाझ रिलिजमा आएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।