
काठमाडौँ । फिल्म ‘कबड्डी ‘ काे तेस्रो सिक्वेल बन्ने औपचारिक घोषणा गरिएको छ । सफल नेपाली फिल्म ‘कबड्डी’ को तस्रो शृङ्खला हो ‘कबड्डी कबड्डी कबड्डी’ ।
फिल्म रामबाबु गुरुङको निर्देशनमा बन्नेछ भने फिल्मलाई सिनेमा आर्ट्ले प्रस्तुत गर्ने भएको छ । ओम चन्द रौनियार,अर्जुन कार्की र मनी राम पोख्रेलको टोलीले यो फिल्मलाई निर्माण गर्ने भएको छ । फिल्ममा विवाह र अन्तरजातीय प्रेम सम्वन्धको कथा रहेको बताइएको छ ।
तेस्रो सिक्वेल ‘कबड्डी मा दयाहाङ राई , उपासना सिंह ठकुरी, रिश्मा गुरुङ,विल्सन बिक्रम राई, बुद्धी तामाङ लगायत कलाकारहरुको मुख्य भूमिका रहने निर्माता टोलीले बताएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।