काठमाडौं । विनोद सापकोटाले निर्माण गरेको चलचित्र ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर सार्बजनिक भएको छ ।
सुशील श्रेष्ठ र रुबीना थापाको रोमान्स रहेको चलचित्र ‘लभ डायरीज’असोज ३ गते रिलिज हुनेछ भने सार्वजनिक गरिएको पोस्टरमा सुशिल र रुबिना रोमान्टिक मुडमा देखिएका छन् ।

चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेको बताइएको छ । ुलभ डायारइजुमा सुशिल र रुबिनाको साथमा विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायत कलाकारको अभिनया रहेको छ ।
विनोद सापकोटाले निर्माण गरेको चलचित्रलाई संजय लामाले छयाङ्कन गरेका छन् भने निर्देशन सौरभ चौधरीको रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।