एजेन्सी । अभिनेता शाहिद कपुरले बिगतको प्रेम सम्वन्ध र ब्रेकअपबारे मुख खोलेका छन् ।

शाहिदको यतिखेर नयाँ फिल्म ‘कबिर सिंह’ रिलिजको क्रममा छ । जुन फिल्ममा उनी एक असफल प्रेमीको भूमिकामा छन् । जसकारण उनी रिसाहा बन्न पुग्छन् । फिल्ममा शाहिदलाई मियरा आडवाणीले साथ दिएकी छिन् ।
फिल्म ‘कबिर सिंह’को ट्रेलर रिलिजको कार्यक्रममा पत्रकारले शाहिदसँग बिगतको प्रेम प्रसंगबारे सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा शाहिदले प्रेम सम्वन्ध तोडिंदा थाम्नै नसकिने पिडा हुने बताएका छन् । उनले ब्रेकअपपछिका दिनहरुमा ठिकै भएजस्तो महशुस गरेपनि संसार रंगहिन मात्र ब्ल्याक एण्ड ह्वाइट पाएको अनुभव शेयर गरे ।
शाहिदको नायिका करिना कपूरसँग चार वर्षे प्रेम सम्वन्ध सन् २००७मा टुटेको थियो । अफेयरमा रहँदा निकै चर्चा र आइडल मानिएका यी दुईबिच एकाएक मनमुटाव भएपछि ब्रेकअप भएको थियो ।
ब्रेकअपपछि शाहिद केहि समय बिछिप्त रहे त्यसै सयममा उनको भेट मिरा राजपूत भयो र सम्वन्धलाई विवाहमा परिणत गरे ।हाल उनी दुई शन्तानका अभिभावक बनेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।