काठमाडौं/एजेन्सी । बलिउडमा अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका आरोडाको अफेयरको चर्चा लामो समय अघिदेखि चल्दै आएको छ । साथै उनीहरुले चाँडै विवाह गर्दैछन् भन्ने समाचार पनि नआएको होइन । यो जोडी पार्टी, विवाह बन्धन तथा इभेन्टहरुमा पनि सँगै देखिदै आएका छन् ।

अभिनेता अर्जुन अहिलेको समयमा आफ्नो फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को प्रोमोशनमा ब्यस्त छन् । मिडियासँग कुराकानी गर्ने क्रममा उनले अहिलेको समयमा आफ्नो काममा ध्यान दिइरहेको बताएका छन् । त्यसोत, मलाइकासँग विहे कहिले गर्ने भन्ने प्रश्नमा उनले भने, ‘मैले सँधै मिडियाको प्रश्नको उत्तर दिँदै आएको छु । मेरो विहेको समचार पनि मिडिया मार्फत नै खुलासा गर्नेछु ।’
अर्जुनको आगामी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ एक एक्शन थ्रिलर फिल्म हो । यो फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । यो एक सत्य कहानीमा आधारित रहेको छ ।
मे २४ बाट यो फिल्म दर्शकमाझ रिलिजमा आउँदैछ । नेपाल र भारतको पटना लगाएतका ठाउँहरुमा छायाङकन गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।