काठमाडौं । पत्रकार र कलाकारहरुको भब्य उपस्थितिमा बुधवार फिल्म ‘वीर विक्रम २’ले प्रिमियर सम्पन्न गरेको छ । ‘रोयल प्रिमियर’ नाम दिइएको प्रिमियरमा चलचित्रका कलाकारहरु बाजागाजाका साथ बैजनी कार्पेटमा उपस्ठित भएका थिए ।

प्रिमियरमा चलचित्रका कलाकारहरु वर्षा सिवाकोटी, नाजिर हुसेन र पल शाह आकर्षणका केन्द्र बनेका थिए ।त्यसमध्ये पनि प्रमुख आकर्षण बनिन् यस चलचित्रकी नायिका वर्षा सिवाकोटी । गुलाबी रङ्गको आकर्षक गाउनमा सजिएकी वर्षालाई कार्यक्रममा सिन्ड्रेलाको उपमा दिइएको थियो ।





यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।