काठमाडौं । फिल्म ‘सरौतो’को रिलिज मिति तोकिएको छ । हरि हुमागाईको निर्देशनमा बनेको यो फिल्म आगामी असोज तीन गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।

विभिन्न भिडियो र विज्ञापन निर्देशन गरिसकेका हुमागाईको ‘सरौतो’ डेब्यु निर्देशन हो । रिभेन्जको स्टोरीमा निर्माण भएको एक्सन विधाको फिल्म ‘सरौतो’ भएको जनाइएको छ ।
यो फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेको छ । विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्मस स्टुडियोको ब्यानरमा निर्माण भएकोे हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।