काठमाडौं । बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहलाई आदर्श जोडीको रुपमा लिइन्छ ।

उनीहरु दुईजनाको केमेस्ट्रीलाई निकै रुचाइने गरिन्छ । ‘गोलियो कि रासलीला रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’जस्ता हिट फिल्म दिएका यी जोडीलाई धेरै दर्शकले फेरीसँगै काम गरेको हेर्ने चाहना राखेका छन् ।
केहि समय अघि विवाह गरेका यी जोडी अब एउटै पर्दामा सँगै देखिने भएका छन् । यसका लागि वर्कशप शुरु भएको बताइएको छ । रमाइलो पक्ष के भने बन्न लागेको यस फिल्ममा दीपिका रणवीरको श्रीमतीको भूमिकामा देखिने छिन् ।फिल्मको नाम ‘८३’ रहेको छ। फिल्मका लागि दुवैले सहमति जनाइसकेका छन्।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।