काठमाडौं । गायिका अञ्जु पन्त र गायक उत्तमजंग लिम्बु लवतीको नयाँ गीत सार्वजनिक भएको छ । साहित्यकार हेन्सेन याख्खाको शब्द तथा गायक उत्तमजंगको संगीतमा ‘तिमी डुब्यौकी मेरो प्रेममा…’गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई संजीव सुब्बाले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोलाई ‘तारेभीर’ फेम निर्माता तथा कलाकार देउ कृष्ण देवन याख्खा लिंखाले निर्देशन गरेका हुन् । निर्देशक देउ कृष्ण देवनले गीतको भावलाई भिडियो मार्फत कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले फिचरिङ गरेका छन् । भिडियोलाई शिर कुमार साम्पाङ राईले छायाङ्कन गरेका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।