
काठमाडौं । आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, धोका र रोमान्सलाई देखाइएको छ । फिल्ममा आयुष्मान देशराज जोशीले सागरको भूमिकामा अभिनय गरेका छन् । प्रियंका कार्कीलाई आयुष्मानको अपोजिटमा देख्न सकिन्छ ।
यस्तै फिल्ममा विशाल खरेलले पनि शीर्ष भूमिका निभाएका छन् । चलचित्रमा प्रदीप भारद्वाजको लेखन तथा योगेश घिमिरेको निर्देशन रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।