काठमाडौं । गायक निर्मल पनेरुको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सोसल मिडिया युट्युव मार्फत गायक पनेरुको ‘म जन्मिदा भावी’ गीतको भिडियो सार्वजनिक गरिएको हो । शीतल कादम्बिनीको शब्द तथा हरि लम्सालको संगीतमा गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोमा रङ्गकर्मी मिलन कार्की फिचर्ड छन् । पात्रले विभिन्न समय र परिस्थितिमा भोगेको निराशाजनक अवस्थालाई भिडियो मार्फत प्रस्तुत गरेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।