
काठमाडाैं । पूर्वी नेपालको तेह्रथुम जिल्लाको आङ्दिम गडी गाउँको वस्तुस्थिति समेटेर तयार पारिएको मीठो लोक भाका ‘आङ्दिम गडी गाउँ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक कृष्ण भक्त राई र सुनिता थेगिमको स्वर रहेको उक्त गीत डी.बी. सावाँले लेखेका हुन् ।
भिडियाे
[embedded content]
पछिल्लो समयमा निकै सशक्त रूपमा लोक लयमा आधारित गीतहरूको सङ्गीत गर्दै आएका सङ्गीतकार राज रोबर्ट अजनबीले यो गीतको सङ्गीत गरेका छन् । गायक कृष्ण भक्त राईले नै सङ्गीत संयोजन गरेका यो गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।