काठमाडौं । गायक तथा संगीतकार सुजन आङ्देम्बेको ‘सम्झेको बेलामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आङ्देम्बे आफैँले शब्द र संगीत गरेको यो गीत सुनिता थेगिम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय नेपाली गीत\संगीत क्षेत्रमा राम्रो चर्चा कमाइरहेका गायक आङ्देम्बेलाई ‘सम्झेको बेलामा’ बोलको नयाँ गीतमा यसपटक भने चर्चित गायिका सुनिता थेगिमले साथ दिएकी छिन् । गीतको एरेन्ज भने कृष्ण लिम्बुको रहेको छ ।

गीतको म्युजिक भिडियोमा पनि गायिका थेगीम र आङ्देम्बे आफैले अभिनय गरेका छन् । चारबर्ष भन्दा लामो सागीतिक यात्रा गरिसकेका आङ्देम्बले हालसम्म दुई दर्जन भन्दा बढी गीतमा स्वर तथा सगीत दिईसकेका छन् । पछिललो समय उनी देश तथा बिदेशको कार्यक्रममा पनि ब्यस्त छन् ।
(हेर्नुहाेस् भिडियो)
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।