काठमाडौं । टिन प्रिन्सेज डिभा २०१९ को उपाधी गृष्मा शर्माले जितेकी छन् । आज काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा गृष्माले उपाधिको साथै मोस्ट इलिजेन्टको सब टाइटलसमेत जितिन् ।

विजेता शर्मालाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीकि कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुले ताज पहि¥याइन् भने रेडियन्टका संस्थापक निर्देशक साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले ट्रफि प्रदान गर्नुभयो । उपाधि विजेता शर्मालाई उपाधीको साथमा नगद रु. २० हजार राशिबाट समेत पुरस्कृत गरिएको थियो ।
त्यसैगरी टिन प्रिन्सेज डिभाको दोश्रो स्थानमा अक्षिता राज्यलक्ष्मी शाह परिन् भने अग्रिमा पोखरेल तेश्रो स्थानमा परिन् । प्रतियोगीहरुलाई दुइ समूहमा विभाजन गरेर भएको प्रतियोगीताको प्रि टिन समूहतर्फ भने बेलिस्मा कटवालले उपाधि जितिन् । कटवालले पनि उपाधीको ताजको साथमा ट्रफि र नगद पुरस्कार रु. २० हजार राशि हात पारिन् ।

कटवालले उपाधीको साथसाथै बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेसको सब टाइटल समेत जितेकि थिइन् । प्रि टिन समूहमा विभुति अधिकारी र रिद्धिमा नेपाल क्रमशः दोश्रो र तेश्रो स्थानमा परिन् । २२ टिनहरुको सहभागीता रहेको प्रतियोगीतामा प्रतियोगीहरुलाई मोस्ट कन्फिडेन्ट, मोस्ट अट्राक्टिभ, भ्यूअर्स च्वाइस अवार्ड, बेस्ट डान्सर, मोस्ट डिसिप्लिन, फोटोजेनिक, मोस्ट डाइनामिक लगायत विभिन्न सब टाइटलबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगीताको निर्णायक मण्डलमा नवनारी मासिककि सह सम्पादक नीलिमा मास्के श्रेष्ठ, संचारकर्मी सरिता ज्ञवाली, डाफोडिल स्कूलकी प्रमुख मीना कार्की, पत्रकार विराजकाजी राजोपाध्याय र गायक सोहन मानन्धर रहेका थिए । कार्यक्रममा प्रतियोगीहरुको कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुको रहेको थियो । कार्यक्रमको आयोजना रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।