
काठमाडाैं । गायक तथा संगीतकार प्रदिप लामाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नशा यो कस्तो नशा’ बोलको गीतमा श्रेया कार्की र दिनेश कंडेलाई फिचरिङ गरीएको छ ।
पछिल्लो समयमा पप गीत मार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक प्रदिप लामाले यस गीतलाई आफैले संगीत गरेका हुन् । गीतमा संजित श्रेष्ठको छायांकन रहेको छ । मोहन सुनुवार नबिनको सम्पादन रहेको गीतमा सुनिल गिरीको शब्द रहेको छ । गीतलाई संगीत संयोजन भने पुस्कर सुनुवारले गरेका हुन् ।
गीतलाई गायक स्वयमकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियाे
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।