
काठमाडौँ । फिल्म ‘वीर विक्रम २’ का निर्माता तथा निर्देशक मिलन चाम्सले ‘मेमे नेपाल’ नामक युट्युव च्यानल तथा पेजमाथि उजुरी दिएका छन् ।
गत शुक्रबार ‘मेमे नेपाल’ युट्युव च्यानलमाथि उजुरी दिएका चाम्स आइतबार महानागरिय प्रहरी प्रभाग टेकु पुगेका हुन्। ‘मेमे नेपाल’ ले फिल्म तथा कलाकारलाई अपमान गरेका भन्दै चाम्स महानगरिय प्रहरी प्रभाग पुगेका बताइएको छ । ‘मेमे नेपाल’ ले नेपाली फिल्म र कलाकारहरुमाथि अप शब्दहरु प्रयोग गरेको पाएको जनाइको छ ।
उजुरी परेका ‘मेमे नेपाल’ का व्यक्तिहरु फरार भएका र उनीहरुको खोजि कार्य भइरहेको चाम्सले जानकारी दिएका छन् । ‘मेमे नेपाल’ कर्मचारीमाथि कानुन अनुसार चार वर्ष जेल र चार लाख क्षतिपुर्ति हुनुपर्ने चाम्सकाे माग छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।