
काठमाडौँ । फिल्म ‘न यता न उता’ को शिर्ष गीत सार्वजनिक भएको छ । यो पिल्मको गीतमा सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द र संगीत रहेको छ । गीतमा बुलेट फ्लोलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन्।
फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरले अभिनय गरेका छन्। यो गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।विशारद बस्नेत र मिराज रोशले निर्देशन गरेको फिल्ममा कार्यकारी निर्माता रिना लामा रहेकी छन् । फिल्मको कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । फिल्मको संवाद अभिमन्यु निरबीले लेखेका हुन् ।
अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको यो फिल्मलाई अरोन अशोक कुमारले छायाँकन गरेका हुन् । फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्। प्राविधिक कारणले रिलिज पोस्टपोण्ड गरिएको फिल्म ‘न यता न उता’ आगामी साउन १७ गतेबाट प्रदर्शनमा आउदैछ ।
फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई र सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।