काठमाडौँ । बलिउडका सुपरस्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ । वीरु देवगन बलिउडका पोख्त निर्देशक थिए ।

वीरुको निधन भएको खबर पाउनेवितीकै भारतका कलाकारहरु र नातेदारहरु उनका घरमा पुग्न थालेका छन् । भारतका ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा वीरु देवगनको निधन विहान मुम्बाइमा भएको उल्लेख गरेका छन् । साझँ ६ बजे मुम्बाईका विले पार्लेमा वीरु देवगनका अन्तिम संस्कार गर्ने बताइएको छ ।
वीरु देवगनले बलिउड फिल्ममा अभिनेता, निर्देशक, लेखक र निर्माताका रुपमा काम गरेका थिए । उनले आफ्नो करियमा करिब ८० भन्दा बढी फिल्ममा स्टंट र एकशन कोरियोग्राफर भएर काम गरेका थिए । उनी केही महिनादेखि फिल्मका पार्टीहरुमा जान छोडिसकेको भारतीय मिडियाले जनाएको छ ।
वीरु देवगन छोराका फिल्म ‘टोटल धमाल’ को स्क्रीनिंगको समयमा अन्तिम पटक देखिएको बताइएको छ । वीरुले १९९९ मा आएको फिल्म’ हिंदुस्तान की कसम’ को निर्देशन गरेका थिए । उनले’ क्रान्ति’ , ‘सौरभ’ र ‘सिंहासन’ मा पनि काम गरे । १९९२ मा आएको फिल्म ‘जिगर का कहानी’ वीरु देवगनले लेखेका थिए । वीरु देवगनका जन्म पञ्जाबका अमृतसरमा भएको थियो । उनले आफ्नो करियरमा करिब ८० भन्दा हिंदी फिल्ममा काम गरेका थिए ।
‘लाल बादशाह'(९१९९९), ‘फूल र कांटे'(९१९९१), ‘मिस्टर इंडिया'(९१९८७) र ‘हिम्मतवाला ‘(९१९८३) जस्ता फिल्महरुमा शामिल थिए । उनले आफ्नो छोरा अजय देवगनका फिल्म ‘हिंदुस्तानका कसम ९१९९९० को निर्देशन पनि गरेका थिए । उनले छोराको सुपरहिट फिल्म फूल ओर कांटे को दमदार एकशन सीक्वेन्समा निर्देशन गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।