काठमाडाै । पहिलाे फिल्मबाटै प्रशंसा बटुल्न सफल नायिका हुन् सुहाना थापा । नायिका झरना थापा अभिनित फिल्मको सिक्वेल ‘ए मेरो हजुर ३’मा अनमोलको नायिका बनेर अभिनय गरेकी नायिका सुहानाले जिवन्त अभिनयका कारण चर्चा बटुल्न सफल रहिन् ।साथै उनले यसै फिल्मबाट उत्कृष्ट नवनायिकाको अवार्ड समेत हात पारिन् ।

त्यसो त सुहाना थापामा फिल्मी ब्लड छ ।उनी नायिका झरना थापा र निर्देशक सुनिल कुमार थापाकी छोरी हुन् ।उनै सुहाना र आमा झरना थापा यतिखेर फिल्म ‘ए मेरो हजुर ३’को प्रदर्शनको क्रममा युरोपमा छन् ।

युरोप बसाइको क्रममा निर्देशक झरनाले छोरी सुहानाको आकर्षक तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । र क्याप्सनमा लेखेकी छिन् -“तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी !”

‘ए मेरो हजुर ३’को सफलता पछि सुहानालाई लिएर दुई फिल्म बन्ने चर्चा आएको छ । एक ‘भागवत गिता’ अर्को ‘ ए मेरो हजुर ४’ तर कुन पहिले बन्ने भने अन्यौल रहेको बताउँछीन् निर्देशक झरना थापा ।


यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।