एजेन्सी । अभिनेता यश स्टारर् कन्नड फिल्म ‘केजीएफ च्याप्टर–१’को सिक्वेल बन्ने भएको छ । फिल्मको पहिलो पार्ट सुपर डुपर हिट भएपछि दोस्रो सिक्वेल ‘केजीएफ च्याप्टर–२’ बनाउने तयारीमा मेकर्स जुटेको हो । यो फिल्ममा रविना टन्डनलाई कास्ट गरिएको छ । साथै यो फिल्ममा उनको भूमिका के भन्ने विषयमा जानकारी बाहिरिएको छ ।

सुत्रका आधारमा केही रिपोर्टहरुमा बताइएको छ, ‘फिल्ममा रविना टन्डन भारतीय वूर्प प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछन् । फिल्मको लागि रविना टन्डनको यो भूमिका अहम हुनेछ ।’ यो फिल्मको सुटिङ सुरु भइसकेको छ । सिक्वेल फिल्म पहिलो पार्ट भन्दा बढी राम्रो हुनेछ । ठूलो बजेटको पिरियड ड्रामा ‘केजीएफ–२’लाई प्रसान्त नीलले निर्देशन गर्दैछन् ।
पहिलो पार्ट ‘केजीएफ’लाई हिन्दी दर्शकहरुले समेत राम्रो साथ दिएका थिए । बक्स अफिसमा यशको ‘केजीएफ’सँग शाहरुख खान र अनुष्का शर्मा स्टारर् फिल्म ‘जिरो’ले भिडन्त गरेको थियो । यसरी किङ खानको फिल्मसँग बक्स अफिसमा भिडन्त गर्दा पनि हिन्दी भर्सनमा ‘केजीएफ’ले राम्रो कमाई गरेको थियो । फिल्ममा यशको लुक्स निकै इम्प्रेसिभ थियो ।
यो फिल्ममा यश र रविना टण्डनका साथमा सञ्जय दत्तको नाम पनि बाहिरिएको छ, तर अफिसियल्ली घोषणा भने गरिएको छैन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।