काठमाडौं । नायिका करिष्मा मानन्धरले गणतन्त्र दिवसको अवसरमा फेसबुक मार्फत आफ्नो भनाइ राखेकी छिन् ।
उनले देश गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेपनि नेपालीहरुले सोेचे अनुरुप परिवर्तन महशुस गर्न नसकेको गुनासो पोखेकी छिन् । उनले देश बनाउन नेताहरुले दलगत स्वार्थ त्यागेर अघि बढ्न आग्रह गरेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन् – ‘हजारौंको बलिदान , संघर्षपछि आएको गणतन्त्रको जनताले कत्रो उत्साहका साथ स्वागत गरेका थिए , आफ्नो जिवनमा र देशमा आउने सकारात्मक परिवर्तनको सुनौलो सपनाहरू देखेका थिए ,तर किन केही वर्ष नबित्दै गणतन्त्र दिवसको दिनमा शुभकामना शब्द लेख्न पनि सबैको हात शिथिल भएको छ ।’
उनी अगाडि लेख्छिन् – ‘देशको जिम्मेवारी लिएका अगुवाहरुले बिचार गर्नुस जुन शिखरमा उभिएर दम्भ गर्दै हुनुहुन्छ तेस्को सतहको टेको जनताको काँधमा अडीएको छ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।