काठमाडौं । अभिनेत्री विनिता बराललले अमेरिकामा भरखरै विवाह गरिन् ।
फिल्म ‘चपली हाईट’बाट चर्चामा आएकी अभिनेत्री विनिता बरालले बुधवार प्रेमी तिलक पौडेलका साथ अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा विवाह गरेकी हुन् ।जुन तस्बीर विनिताले आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् ।
स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।विनिता उनै तिलकको साथ लिभिङ टुगेदरमा थिइन् ।विनिता र तिलकका घुमफिरका थुप्रै तस्बिर यसअघि पनि सार्वजनिक हुँदैआएका थिए ।
चपली हाइट फिल्ममा बोल्ड अभिनय गरेकी विनिता पछिल्लो समय अभिनय भन्दा पनि लेखन र कृषि पेशामा आबद्ध थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।