काठमाडौं । अभिनेत्री तापसी पन्नु आफ्नो हरेक फिल्ममा नयाँ अन्दाजमा देखिन्छन् । यसै सन्दर्भमा तापसी अभिनित फिल्म ‘गेम ओभर’को ट्रेलर रिलिज भएको छ । तीन वटा भाषामा रिलिज हुँदै गरेको यो फिल्ममा पनि उनी छुट्टै भूमिकामा देखिदैछन् ।
![](http://thenepalusa.com/wp-content/uploads/2019/05/e0a4afe0a4b8e0a58de0a4a4e0a58b-e0a4ace0a4a8e0a587e0a4b0-e0a486e0a4afe0a58b-e0a4a4e0a4bee0a4aae0a4b8e0a580e0a495e0a58b-e0a497.jpg)
हरर्–थ्रिलरमा बनेको यो फिल्मको कहानी दिल्ली/एनसीआरको एक घटनामा आधारित छ । यो फिल्मलाई अनुराग कश्यप, ह्वाई नट स्टुडियो र रिलायन्स इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन्, भने अश्विन सरवननले निर्देशन गरेका हुन् ।
अभिनेत्री तापसी पन्नुले फिल्मको ट्रेलरको लिंक आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । यसका साथै राणा दुग्गाबाती र अभिनेता धनुषले तमिल र तेलेगुमा पनि यस फिल्मको ट्रेलर रिलिज गरेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।