एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका जीवनमा बनेको फिल्म ‘पीएम मोदी’ को कमाई अहिले सम्म पनि एभरेज रहेको बताइएको छ । छ दिनको आंकडा अनुसार फिल्मले १७.५० करोड कमाएको खबर बाहिरिएको छ ।
फिल्म ‘पीएम मोदी’ ले बक्स अफिसमा कमाएको आधारमा राम्रो कमाउने आशा राखेको थियो । तर त्यस्तो भने नभएको भारतीय मिडियाले जनाएको छ । फिल्म २४ जुनबाट रिलिज भएको हो । खबर अनुसार यो फिल्मले रिलिजको पहिलो हप्तमा ११ करोड ७६ लाखको कलेक्सन लिएको थियो ।
रिलिजको चौथो दिन सोमबार फिल्मले २.४१ करोड कमाई गरेको मिडियामा खबर छ । पहिलो दिन भने २.८८ हात पारेको थियो । त्यसको दोस्रो दिन शनिबार ३.७६ करोड र त्यसै गरी तेस्रो दिन ५.१२ करोड कमायो ।
यो फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका हुन् । अभिनेता ओबेराँयले पीयम नरेन्द्र मोदीको अहम भुमिका निभाएको बताइएको छ । फिल्म पीएम मोदीलाई लिएर विवाद पनि भएको थियो ।
यसको प्रदर्शनको मिति पटक पटक परिवर्तन गरिएको थियो । फिल्मलाई अप्रिलमा रिलिज हुनुपर्ने थियो तर विपक्षको विरोधको कारण रिलिज भएन ।
यो फिल्म आएपछि मोदी सरकारलाई फाइदा मिलन सक्छ र आचार संहिताका उल्लंघन हुने विपक्षको भनाइ रहेको जनाइएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।