काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ गीत सार्वजनिक भएको छ । झरना थापाको निर्देशन र सुनिल थापाले निर्माण गरेको यो फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा छन् ।

सुहाना थापाले यो फिल्मबाट डेव्यु गरेकी हुन् । उनले आफ्नो पहिलो फिल्मबाट नै दर्शकको अथाह मायाँ पाएकी छिन् । अनमोल र सुहानाको जोडिलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्मले ९ करोड भन्दा बढी कमाइ गरेको खबर आएको छ । फिल्ममा अनमोल र सुहानालाई राम्रोसंग प्रस्तुत गरिएका छन् ।
यो फिल्मको गीतमा प्रतीक पौडेलको संगीत र शब्द रहेको छ भने प्रविशा अधिकारी र सुरज लामाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा सुहानालाई कृष्ण भक्तको रुपमा देखाइएको छ । उनी रियलमा पनि कृष्ण भक्त नै हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।