एजेन्सी । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिलेको समयमा फिल्म ब्रह्मास्त्रको सुटिङको लागि बनारस पुगेका छन् । २०१८ मै यो फिल्मको सुटिङ सुरु गरिएको थियो । फिल्मको सुटिङसँगै यो जोडी बनारसमा वास्तविक जीवनमा पनि रमाइरहेका छन् । बनारसबाट केही तस्वीरहरु सार्वजनिक भएको छ, जहाँ यी दुई कलाकारहरु पोज दिइरहेका छन् ।
अभिनेता रणवीर स्पोर्टी लुकमा देखिएका छन्, भने अभिनेत्री आलिया भट्ट सेतो कलरको सलवार सुटमा देखिएकी छन् । जानकारी अनुसार यो जोडीले २० दिनसम्म बनारसमै ब्रह्मास्त्रको सुटिङ गर्नेछन् ।
रिपोर्टसका अनुसार रणवीर, आलिया र मौनी राय स्टारर् यस फिल्मको सुटिङ यसै महिनाको अन्त्यबाट सुरु गरिने छ । फिल्मको सबै भन्द बढी सुटिङ रामनगर पोर्टमा गरिनेछ । सुरक्षालाई मध्येनजर गर्दै फिल्मको केही हिस्सा चेत सिंह फोर्टमा पनि गरिनेछ ।
यो फिल्ममा महानायक अमिताभ बच्चन पनि मुख्य भूमिकामा देखिदैछन् । उनले यो भन्दा पहिले न्युयोर्क हिस्साको सुटिङ सकिसकेका छन् । फिल्मको सुटिङलाई लिएर निर्देशक अयान मुखर्जीले निकै मेहेनत गरिहेका छन् ।
फिल्ममा रणवीर, आलिया र अमिताभसँगै आगार्जुन, डिम्पल कपाडिया र मौनी रायको पनि मुख्य भूमिका रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।