काठमाडौँ । लोक दोहोरी गायक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएको छ ।
गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन । प्रज्ञा साउण्ड एच.डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् ।
म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । ‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।