काठमाडौं । फिल्म ‘वीरविक्रम–२’ रिलिज भयो, त्यसपछि निर्माण युनिटले नै सामाजिक सञ्जालमा ‘मेमे नेपाल’ नामक पेज तथा युट्युब च्यानल चलाएका टिमलाई फिल्म हेरेर समीक्षा गरिदिन बोलायो । ‘मेमे नेपाल’टिमले फिल्म हे-र्यो र व्यंग्यात्म शैलीमा फिल्मका सकरात्मक, नकरात्मक पक्षको समीक्षा ग-यो ।
समीक्षा गरेका थिए प्रस्तोता प्रणेश गौतमले । यस भिडियोलाई सामाजिक सञ्जालमा अपलोड भएको केही समयमै फिल्मको निर्माण पक्षबाट हटाउन दबाब आएको एडमिनहरु बताउँछन् । नहटाइएमा मुद्दा हालिदिने धम्की आएको उनीहरुको भनाइ छ ।
यसको केही दिनमै एकाएक फिल्म निर्माण पक्षले ‘मेमे नेपाल’ र प्रस्तोता प्रणेशविरुद्ध अपराध महाशाखामा विद्युतिय अपराध सम्बन्धी मुद्धा हाले । प्रहरीले मेमे नेपालका टोलीलाई छलफलका लागि भन्दै बोलाए पनि अदालतबाट पक्राउ पूर्जी लिइसकेकाले प्रस्तोता प्रणेश गौतमलाई थुनामा हाल्यो ।
यसपछि फिल्म ‘वीरविक्रम–२’ का दिर्नेशक मिलन चाम्सले फिल्म तथा कलाकारको अपमान गरेको तथा अपशब्द, रंगभेद जस्ता शब्द प्र्रयोग गरेको भन्दै मुद्धा हालेको दाबी गरेका छन् । मुद्धा हाल्ने पुग्नेमा मिलन चाम्स एक्लै थिएनन् । उनीसँगै फिल्म क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
निदे्र्रशक चाम्सले क्षतिपूर्ति दिनुपर्ने, मेमे नेपाल बन्द गर्नुपर्ने देखि कानून अनुसार कडा कारवाही गर्नुपर्ने समेत माग गर्दै आएका छन् । फिल्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले मिनल चाम्सलाई साथ दिएका छन् ।
यस्तै मेमे नेपाल र प्रणेश गौतमलाई समीक्षा गरेकै आधारमा थुनामा राख्नु पावरको खेल मात्रै भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । फिल्म समीक्षामा अभिव्यक्ति भएका कुराले अपमानित महशुस भएको अवस्थामा मानहानी वा गाली गलौजको बिषय भएकाले विद्युतिय अपराधमा मुद्धा चलाउनु साइबर क्राइमको अपब्याख्या र पावरको दुरुपयोग भएको अधिकांशको भनाइ छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।