काठमाडौं । बलिउड नायिका करीना कपूर ‘थ्री इडियट र तलाश’ फिल्ममा आमिर खानको साथमा काम गरिसकेकी छिन् । अब चाँडै नै यी दुई फिल्म ‘लाल सिंह चड्डा’ मार्फत पर्दामा एक साथ देखिने भएका छन् ।
करिना कपूर हाल इरफान खानसँग ‘अंग्रेजी मीडियम’को शुटिङमा ब्यस्त छिन् ।यसपछि उनी डान्सिङ रियालिटी शोमा निर्णयकको रुपमा देखिनेछिन् । साथै उनले आफ्नो बिजी सेड्युलबाट करण जोहरको मल्टीस्टारर फिल्म ‘तख्त’मा पनि समय मिलाउन पर्ने छ र पछिल्लो खवरअनुसार उनी चाँडै नै आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को हिस्सा बन्दैछिन् ।
मिस्टर परफेक्शनिस्टको नामले पनि चिनिने आमिर खानले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘लालसिहं चड्डा’ बनाउने घोषणा गरेका थिए । यो फिल्म टम हैकको फिल्म ‘फरेष्ट गम्प’को कथासँग मिल्दो हुने बताइएको छ ।
‘थ्री इडियट र तलाश’मा करीना कपूर र आमिरको जोडीलाई दर्शकले निकै मन पराएका थिए । त्यसैले आमिर पनि चाहन्छन् कि आफ्नो अपकमिङ फिल्म ‘लालसिहं चड्डा’मा करिना अपोजिटमा रहुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।