काठमाडौं । पत्रकार तथा कवि गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिए छ ।
डान्स ग्रुप भीमफेदी गाइज् को फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन् । गीतमा विकास पाण्डेले संगीत गरेका हुन् भने रिकेश गुरुङको एरेन्ज छ ।
पवन शुसलिङले छायाङ्कन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रीत छ । भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै काटिएको छ ।
यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।