एजेन्सी । पछिल्लो समय बलिउडमा मिटु आतंकले निकै तहल्का पिट्यो । बलिउड अभिनेत्री तनुश्री दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र ‘हर्न ओके’को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
यसै विषयलाई लिएर नानामाथी उनले उजुरी नै दर्ता गराएकी थिइन् । यो प्रकरण बाहिरिएपछि नानाले विभिन्न बेइजती र खण्डनको सामना गर्नुपरेको थियो । उनले दश बर्षअघिको घटनालाई लिएर आफुमाथि लागेको आरोप सत्य नभएको प्रतिक्रिया दिदै आएका थिए ।
अदालतमा बिचाराधिन रहेको यस विषयमा हालै नानामाथि लागेकाे आरोप सत्य नभएको भन्दै अदालतले नानालाई सफाई दिएको छ ।
सफाइपछि आक्रोशित तनुश्रीले भ्रष्ट पुलिस फोर्स र कानुनी व्यवस्थाले नाना पाटेकरलाई क्लीन चिट दिएको आरोप लगाएकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।