काठमाडौं । समाजमा हुने साना घटनालाई काल्पनिक रुपमा नै चलचित्रमा प्रस्तुत गर्ने गरिन्छ । तर, कहिले काहीँ चलचित्रका काल्पनिक दृश्य समाजमा जस्ताको त्यस्तै प्रयोग हुने गरेका छन् ।
जसको ज्वलन्त उदाहरण बिहीबार गायक योगेश्वर अमात्यले देखाएका छन् । भारतीय चलचित्र मुन्ना भाइको जस्तै गरी उनले आफ्ना विरोधीलाई फूल दिएका छन् । यो दृश्य ललितपुरको हो । र, यिनी हुन् गायक योगेश्वर अमात्य ।
उनको हातभरी फूल देखिन्छ । दृश्यमा सरकारले ल्याएको गुठी विधेयकको चर्को स्वरमा विरोध पनि भइरहेको छ । तर, उनी विरोधकाबीच प्रहरीहरुलाई फूल बाँडीरहेका छन् । धेरैलाई यो दृश्य निकै रोचक लाग्न सक्छ । तर, अमात्यले सुरक्षाकर्मीको प्रदर्शनकारीप्रति नकरात्मक सोचले नहेरुन् भन्ने उद्देश्यले सबैलाई फूल दिएका हुन् ।
प्रदर्शनकारी दुश्मन नभई गलत कदमप्रतिको प्रदर्शन गर्ने प्रदर्शनकारी हो भन्ने जानकारी गराउनका लागि फूल दिएको उनको प्रतिक्रिया छ । तर, यो दृश्य रोचक हुनुपछिको कारण भारतीय चलचित्र मुन्ना भाइसँग ठीक मेल खान गएको छ ।
जहाँ, अभिनेता सञ्जय दत्तले आफ्ना विरोधीलाई ‘गेट वेल सुन’ लेखेर फूल दिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।