काठमाडौं । निर्देशक प्रदीप भट्टराईले नेपाली फिल्म इन्डष्ट्रिजलाई लगातार तीनवटा हिट फिल्म दिइसकेका छन् । भट्टराईको निर्देशनमा‘जात्रा’, ‘सत्रुगते’ र ‘जात्रै जात्रा’गरी तीनवटा फिल्म बनेका छन् । यी तीनैवटा फिल्मले दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् ।
यसै सेरोफेरोमा अन्तरंग कुराकानी गर्नका लागि न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा उही सुपरहिट निर्देशक प्रदीप भट्टराईलाई निम्त्याएको छ । कुराकानी गर्दै निर्देशक भट्टराईले फिल्म सुपरहिट हुनुको श्रेय सम्पूर्ण दर्शकलाई जाने बताएका छन् ।उनले भने, ‘फिल्म राम्रो बन्नु र चल्नु फरक कुरा हो । फिल्म राम्रो छ भनेर मिडियाबाट प्रचार–प्रसार गर्दा पनि कहिले काँही दर्शकहरु हलसम्म आउनु हुन्न । दर्शकहरुको विश्वास जित्नु भएको अर्कै कुरा रहेछ । त्यो विश्वास चाँही मैले अहिलेसम्मम तीनवटा फिल्मले जितिरहेको छु । त्यसैले आफूलाई भाग्यमानी ठान्दछु ।’
हल्लाकै भरमा टिकट काटेर फिल्म हेर्ने दर्शकहरुमा कमी आएकै हो त भन्ने प्रसंगमा उनले भने, ‘अहिलेको समयमा झुटो कुरो बोलेर हुँदैन । मोबाइलमा एउटा एप खोल्ने वित्तिकै कुन हलमा कतिजना दर्शकहरु छन् भन्ने सबै दर्शहरुलाई थाहा हुन्छ । त्यसै कारण अहिले झुटो बोलेर, हल्ला फैलाएर हलसम्म दर्शकहरु तान्ने दिन चाँही अब गए जस्तो लाग्छ ।’
स्टार कास्टलाई भन्दा पनि कन्टेन्टमा बढी विश्वास गर्ने निर्देशक भट्टराई भन्छन्, ‘मैले चाँही स्टार कास्टलाई भन्दा पनि कन्टेन्टमा विश्वास गर्छु । कन्टेन्टमै बढी फोकस गर्छु । तर कहिले काँही कन्टेन्टले सुपरस्टारलाई पनि माग्छ भने त्यसलाई पनि राख्नुप¥यो । यो सुपरस्टार राख्दिन, मेरो कन्टेन्ट नै बलियो छ भनेर घमण्ड गर्नु पनि भएन । त्यस्तै कहिले काँही नयाँ अनुहारलाई कन्टेन्टले माग्छ, त्यसलाई पनि समेट्नु प¥यो । त्यही भएर मैले कन्टेन्टलाई बेच्ने बढी फोकस गर्छु । यो विषयमा आफू सफल भएको जस्तो पनि लाग्छ ।’
लेखकसमेत रहेका भट्टराईले भने, ‘कथानै बेच्ने हो । सबै निर्देशकहरुलाई एक ठाउँमा राखेर सोधियो भने सबैले कथा नै बेच्ने हो भन्छन् । कुनै पनि निर्देशकले म कलाकारलाई बेच्छु भन्दैनन् । तर कन्टेन्टमा फोकस गर्ने सबै निर्देशक सफल पनि हुँदैनन् ।’
उनले थपे, ‘नेपालमा फिल्म लेखकको एकदमै कमी छ । मैले आफूलाई राम्रो लेखक हुँ भन्दिन । म झुर लेखक हुँ । मैले विश्वास लाग्ने लेखक नभेटेर मात्रै कलम चलाईरहेको हुँ । कुनै दिनएउटा राम्रो लेखक भेटाएँ भने त्यही दिनदेखि म लेख्ने काम छोडिदिन्छु ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content] यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।